१२ जेष्ठ २०८३, मंगलवार
नक्कली स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) बनाउने गिरोह पक्राउ परेको छ । न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सातदोबाटोमा एक सवारीचालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिएको थियो । अनुसन्धानका क्रममा महानगरीय ट्राफिक महाशाखा, रामशाहपथले लाइसेन्स नक्कली भएको प्रमाणित गर्यो ।


त्यसपछि सुरु भएको विस्तृत अनुसन्धानका क्रममा न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई पक्राउ गरिएको स्रोतले बतायो ।
प्रहरीका अनुसार उनीहरुले नक्कली स्मार्ट लाइसेन्स छापेर बिक्री गर्ने गरेका थिए ।