कश्मीरको भिडन्तमा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

होमल्याण्ड खबर

२०७६ पुष १७ गते, बिहीबार १३:१० मा प्रकाशित

भारत र पाकिस्तानका सैनिकबीच भएको भिडन्तमा दुई भारतीय सैनिक मारिएका छन् ।

जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा मारिएका दुई भारतीय सैनिक मध्ये एक नेपाली रहेको खुलेको छ ।

मारिनेमा भारतीय सेनामा कार्यरत नेपाली नागरिक गोरखाका २५ वर्षीय अर्जुन थापा मगर र भारतीय नागरिक २९ वर्षीय सावन्थ सन्दीप रघुनाथ रहेका छन् ।

समाचार अनुसार, भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत थापा मगर पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका थिए । घाइते थापा मगरलाई उपचारका लागि अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन् । सोही घटनामा सन्दीप रघुनाथको पनि मृत्यु भएको छ ।