अन्तत: चितवन छाड्न ‘बाध्य’ भए एसपी मल्ल

होमल्याण्ड खबर

२०७६ पुष १८ गते, शुक्रबार १४:४३ मा प्रकाशित

अन्तत:  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार सरुवा भएको २ हप्तापछि प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवन छाडेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख रहेका मल्लले प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई चार्ज बुझाएर सरुवा भएको ठाउँका लागि रवाना लिएका हुन् । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार १२ घण्टाभित्र चितवन छाड्न निर्देशन दिएपछि एसपी मल्लले २ हप्तापछि सरुवा भएको ठाउँका लागि रमाना लिएका हुन् ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा स्रोतले एसपी मल्लले सरुवा भएको ठाउँका लागि रवानाको पत्र लिइसकेका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पुस ४ गतेको निर्णयानुसार एसपी मल्ललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयल, गौचर काठमाडौं सरुवा गरिएको थियो ।
तर, एसपी मल्लले चितवन छाड्न अटेर गरिरहेका थिए । एसपी मल्लको अटेरीका कारण उनको ठाउँमा सरुवा भएकी एसपी गंगा पन्त  हाजिर हुन पाएकी थिइनन् ।