५ चैत्र २०८२, बिहीबार
महानगरी ट्राफिक प्रहरी महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) भीमप्रसाद ढकालले पुस १७ गते भाडाका सार्वजनिक सवारी साधनहरुमा अनुगमन गर्दा पाइएका विषयवस्तुहरु माथि छलफल भएको छ । एसएसपी ढकालले अनुगमनका क्रममा देखेका समस्या तथा महाशाखामा नागरिकले गरेका गुनासोहरु बारे समेत छलफल भएको हो । उक्त छलफलमा महाशाखाका प्रहरी अधिकृतहरु, नेपाल यातायात राष्ट्रिय महासंघका प्रतिनिधि, ट्रेड युनियनका प्रतिनिधि, उपत्यकामा सञ्चालित यात्रुबाहक सार्वजनिक सवारी साधनसँग सम्बिन्धित कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । छलफल पछि तोकिएको भाडादर मात्र लिने, चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने, सवारी चालकले जुत्ता लगाएरमात्र सवारी चलाउने र तोकिएको स्थानमा मात्र यात्रु झार्ने÷चढाउनेसहित १९ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
ती प्रतिवद्धता ७ दिन भित्र कार्यान्वयन गर्ने समय तोकिएको छ । प्रतिवद्धता कार्यान्वयन भए/नभएको अनुगमनका लागि प्रहरी उपरीक्षक(एसपी) राजकुमार वैदवारको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर र कम्पनीका प्रतिनिधिहरु समेत गरी ८ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।


