अष्ट्रेलियामा पर्यटनमन्त्री भट्टराई नेतृत्वको र्‍यालीमाथि रोक

होमल्याण्ड खबर

२०७६ पुष २२ गते, मंगलवार १२:३७ मा प्रकाशित

सिड्नी प्रहरीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेतृत्व गरेको नेपाल भ्रमण वर्ष २०२० को र्‍याली निकाल्न रोक लगाएको छ ।

मन्त्री भट्टराईको नेतृत्वमा निकालिएको र्‍याली पूर्व अनुमति नलिएको भन्दै त्यहाँका प्रहरीले रोक लगाएको हो ।

र्‍यालीका लागि अनुमति नलिएको तथा र्‍याली व्यवसायिक लाभका लागि भएकोले रोक लगाइएको न्यू साउथ वेल्स प्रहरीले बताएको छ ।

अनुमतिबिना र्‍याली निकाल्दा पैदलयात्रीलाई असर पर्ने भएकाले त्यसमा रोक लगाइएको अष्ट्रेलियन प्रहरीको दाबी छ ।

र्‍यालीमा मन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, नेपालस्थित केही सरकारी कर्मचारी र अन्य गैरआवासीय नेपालीहरुको सहभागिता थियो ।