एनसेलद्वारा तिर्न बाँकी लाभकर चार महिनामा तिर्ने प्रतिवद्वता

होमल्याण्ड खबर

२०७६ पुष २२ गते, मंगलवार १६:०२ मा प्रकाशित

लामो समयसम्म पुँजीगत लाभकर तिर्न आनाकानी गरेको एनसेलले चार महिनामा किस्तामा कर तिर्न ठूला करदाता कार्यालयमा निवेदन बुझाएको अधिकारीहरूले बताएका छन्।

सो निजी क्षेत्रको दूरसञ्चार कम्पनीले तिर्न बाँकी रकम प्रत्येक महिनाको मसान्तमा बुझाउने निवेदनमा उल्लेख गरेको बताइएको छ।

भुक्तानी गर्न बाँकी रहेको चार किस्तामा सबै रकम भुक्तानी गर्ने प्रतिबद्धतासहित निवेदन मङ्गलवार पेस भएको बताइएको छ । यसबारेमा निर्णय गर्न भने बाँकी नै छ।

केही दिनअघि २० प्रतिशत कर बुझाएको एनसेलले १८ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी छ।

उक्त निवेदनका विषयमा आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयसँग समन्वय गरेर निर्णय गरिने बताइएको छ।