एक हजार जरिवाना तोकिएका १२२ चिनियाँ चार्टर विमान डिपोर्ट गरिँदै

होमल्याण्ड खबर

२०७६ पुष २३ गते, बुधबार १६:५४ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैंयाका दरले जरिवाना तोकेका एक सय २२ जना चिनियाँ नागरिकलाई लिन चीनबाट दुई वटा चार्टर विमान बुधबार साँझ काठमाडौं उत्रने भएको छ । नेपालले उनीहरूलाई डिपोर्ट गर्न लागेको हो ।

कुन्मिङबाट चाइना इस्टर्नको जहाज र ग्वान्झाओबाट चाइना साउदर्नको जहाजमा उनीहरूलाई पठाउन लागिएको हो । नेपालले डिपोर्ट गरेका ति चिनियाँ नागरिक ४ वर्ष नेपाल आउन प्रतिबन्ध गरेको छ ।

‘चार्ली फक्स्टर’ नाम दिएर चलाइएको अपरेसनमा गत ८ पुसमा पक्राउ गरिएका १२२ जनामा ११४ पुरूष र ८ महिला छन् । उनीहरू तारकेश्वर नगरपालिका १ मनमैजु, काठमाडौं ३ बाँसबारी र बुढानिलकण्ठ ३ बाट नियन्त्रणमा लिइएका थिए ।

उनीहरुबाट ७४७ थान मोबाइल, ल्यापटप ३३१, सिपियु ९८, मनिटर ९९, पेन्ड्राइभ २२, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान फेला परेको थियो । पक्राउ गरिएका सबैलाई अभद्र व्यवाहारमा मुद्दा चलाइएको थियो ।