९ मंसिर २०८१, आईतवार
अस्ट्रेलियाका अनुसन्धाताहरूले एउटा स्मार्टफोनलाई पाँच दिनसम्म चार्ज पुग्ने ब्याट्री विकास गरेको दावी गरेका छन् । उक्त ब्याट्रीको शक्ति एउटा बिजुली कारलाई एक हजार किलोमिटरसम्म चल्न पुग्ने हुने पनि बताइएको छ ।
यो प्रविधि व्यापक प्रयोगमा आए, यसले प्रभावकारी र हरित ऊर्जामा ठूलो योगदान दिनेछ ।
यस्तो शक्तिशाली ब्याट्री मेलबर्नको मोनास विश्वविद्यालयका टोलीले विकास गरेका हुन् । उनीहरूले यसलाई आजका दिनमा संसारकै प्रभावकारी ब्याट्री दावी गरेका छन् ।
अहिले चलिरहेको ब्याट्रीभन्दा यो चार गुणा प्रभावकारी भएको उनीहरूको भनाइ छ । अहिले चल्तीमा भएका अधिकांश ब्याट्री लिथियम आयन हुन् । यो भने लिथियम सल्फर ब्याट्री हो जुन अझै शक्तिशाली मानिन्छ ।
लिथियम सल्फर ब्याट्रीको आयु भने लिथियम आयनको तुलनामा कम हुन्छ । यस्ता ब्याट्री प्रायः जहाज र कारमा प्रयोग हुन्छ। पहिले पनि यसको उत्पादन र वितरण हुन खोजेको थियो तर लिथियम आयनलाई विस्थापन गर्न यसले सके ।
अनुसन्धाताहरूले अब यसको व्यावसायिक उत्पादन चाँडै गर्ने बताएका छन् । यसको आधिकारिक परीक्षण भने आगामी वर्ष गरिनेछ
उनीहरूको यो अध्ययनको जर्नल ‘साइन्स एड्भान्सेस’ मा प्रकाशित छ । यो अध्ययनका लागि अस्ट्रेलियाली सरकारले अध्ययन टोलीलाई सहयोग गरेको हो ।