५ चैत्र २०८२, बिहीबार
घिरिङ गाउँपालिका–३ थानिमाईमा आज बिहान सवा १० बजे बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङ गाउँपालिका– ३ की ४२ वर्षीया नानी माया गुरुङ रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।


प्रहरीका अनुसार रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस अनियन्त्रीत भई सडकबाट करीब ४० मिटर तल खस्दा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा परि घाइते भएका १७ जनालाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।
दुर्घटना पश्चात फरार रहेका बस चालकको खोजि भइरहेको प्रहरीले जनाएको छ ।