अब प्रदेश नम्बर ३ को नाम बाग्मती र राजधानी हेटौंडा

होमल्याण्ड खबर

२०७६ पुष २७ गते, आईतवार १२:१७ मा प्रकाशित

प्रदेश नम्बर ३ को नाम बाग्मती र राजधानी मकवानपुरको हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभा बैठकबाट पारित भएको छ ।

प्रदेशसभामा भर्खरै सम्पन्न मतदानबाट नाम बाग्मती र स्थायी राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित गरेको हो ।

मतदानमा प्रस्तावको पक्षमा १ सय ५ मत आएको हो भने विपक्ष अर्थात् काभ्रेको धुलिखेलमा ३ मत आएको छ ।

प्रदेशसभामा सत्तारुढ नेकपाबाट ८० जना, कांग्रेसबाट २२ जना, विवेकशीलबाट ३ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, राप्रपा संयुक्तबाट १ जना, राप्रपाबाट १ जना, स्वतन्त्र १ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहेको छ ।