बीएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी

होमल्याण्ड खबर

२०७६ माघ २ गते, बिहीबार १३:२९ मा प्रकाशित

बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ गर्ने पुर्जी जारी भएको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले दिएको उजुरीका आधारमा जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो ।

गिरीले प्रसाईविरुद्ध अभद्र व्यवहारमा उजुरी दिएका थिए ।

पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए ।