यी हुन् मन्त्रिपरिषद्ले गरेका २० निर्णय

होमल्याण्ड खबर

२०७६ माघ २ गते, बिहीबार १६:४५ मा प्रकाशित

सरकारले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली युनियन लगानी बैंकबाट प्राप्त हुने करिब रु १२ अर्ब ७६ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

विहीवार(आज) सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २० वटा निर्णयहरु सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

त्यस्तै सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरुको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।