९ मंसिर २०८१, आईतवार
मोरङको मिक्लाजुङ गाउँपालिका-१ रमितेमा आइतबार राति बम विस्फोट भएको छ । निर्माणाधीन उर्लाबारी किशान चोक-रमिते सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा बम विस्फोट भएको हो ।
बम विष्फोटबाट ३ वटा स्काभेटरमा पूर्ण रुपमा क्षति पुगेको छ । विष्फोट भएको स्थानमा बम पनि फेला परेको छ।
विस्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन। यद्यपि नेत्रविक्रम चन्द विप्लवु समूहले विस्फोट गराएको आशंका प्रहरीले गरेको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।