१० मंसिर २०८१, सोमबार
एभरेष्ट इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर दिने भएको छ । इन्स्योरेन्सको २३औं वार्षिक साधारण सभा मार्फत आर्थिक वर्ष २०७३र७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा बोनस शेयर वापतको कर प्रयोजनका लागि ६ लाख ३९ हजार ४ सय ७४ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
साधारण सभाले कम्पनीका शेयरधनीहरुलाई १ः१.०५ (एक बराबर एक दशमलव शुन्य पांच) संस्थापक शेयर कायम हुने गरी हकप्रद शेयर जारी गर्ने र तत्पश्चात कायम हुने सम्पूर्ण शेयरधनी (संस्थापक र सर्वसाधारण) लाई १ः३ (एक बराबर तिन) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।