१० मंसिर २०८१, सोमबार
जनता बैंकले काठमाडौ महानगरपालिका वडा नं. ३२, महादेवस्थानमा रहेको मदन भण्डारी स्मृति बाटिकाको संरक्षणमा सहयोग गर्ने भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ३२ एबं उपत्यका बिकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करिब ४ रोपनी जग्गामा निर्माण गरिएको उक्त बाटिका प्रधानमन्त्री के.पी. शर्मा ओलीद्धरा बैशाख ११ गते उद्घाटन गरिएको थियो ।
सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तरगत बैंकले स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत संस्थागत नीति अनुरुप उक्त वाटिकाको दैनिक सरसफाई, रेखदेख र संरक्षणको लागि सहयोग गर्ने भएको हो । उक्त सहयोग पहिलो चरणमा आगामी एक बर्ष सम्मको लागि हुने गरि यस बैंक र वाटिका संरक्षण समिति बिच संझौता गरिएको बैंकले जनाएको छ ।