९ मंसिर २०८१, आईतवार
सातदोबाटोदेखि महाराजगञ्जसम्मका लागि प्रस्ताव गरिएको मेट्रो रेल निर्माणअन्तर्गत विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अघि बढेको छ ।
रेल विभागले डिपीआर तयारका लागि एक वर्षको समयावधि तोकेर चिनियाँ र नेपाली कम्पनीको ज्वाइन्ट भेन्चर कम्पनीलाई जिम्मा दिएको छ ।
केही दिनअघि विभाग र चाइना रेलवे सियुआन–सीईएमएटी कन्सल्ट्यान्ट कम्पनीबीच द्विपक्षीय सम्झौता (एमओयू) समेत भइसकेको छ ।
नेपालमै पहिलोपटक निर्माण गर्न लागिएको मेट्रो रेलअन्तर्गत करिब १२ किलोमिटरको यो खण्डको सम्भाव्यता अध्ययन (फिजिबिलिटी) प्रतिवेदन भने तयार भइसकेको छ । यो मेट्रो रेल सातदोबाटोबाट रत्नपार्क भएर नारायणगोपाल चोक पुग्नेछ ।
रेल विभागले महराजगञ्ज–बूढानीलकण्ठ र सातदाबाटो–खोकनासम्मको मेट्रो रेल बनाउने योजना पनि गरिरहेको छ । सो खण्डको फिजिबिलिटीको काम भने हुन बाँकी छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।