सापकोटाविरुद्धको मुद्दा न्यायाधीश फुँयालले हेर्न नमिल्ने, अर्को पेशी तोकिने

होमल्याण्ड खबर

२०७६ माघ १२ गते, आईतवार १२:१९ मा प्रकाशित

सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालले हेर्न नमिल्ने भएको छ ।

सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनु अघि कानुन व्यवसायीका रूपमा बहस गरेकाले फुँयालले उक्त मुद्दा हेर्न नमिल्ने भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।

सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा अब अर्को पेशी तोकिने भएको छ।