६ चैत्र २०८२, शुक्रबार
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको बैठक आज बस्दै छ । बैठक रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि नभई सदस्य–सचिव नियुक्त गर्ने एजेन्डामा बस्न लागेको हो ।
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाखेले एकमात्र एजेन्डासहितको बैठक बोलाएकी हुन् । एक सञ्चालकका अनुसार आजको बैठकले सञ्चालक सदस्यमध्येबाट एक जनालाई सदस्य–सचिवको जिम्मेवारी दिनेछ ।


बोर्ड सञ्चालक समितिको सदस्य–सचिव प्रमुख कार्यकारी अधिकृत हुने व्यवस्था छ । तर, सीईओ चयन नहुँदा निमित्त सीईओले सीईओ नियुक्तिको माइन्युटमा हस्ताक्षर गर्न नमिल्ने हुँदा एकजना समिति सदस्यलाई सदस्य–सचिवको जिम्मेवारी दिन लागिएको हो ।
नियुक्त हुने सदस्य–सचिवले माइन्युटमा हस्ताक्षर गर्नेछन् ।