आजबाट मौसम सक्रिय हुने, वर्षासँगै हिमपातको सम्भावना

होमल्याण्ड खबर

२०७६ माघ १३ गते, सोमबार ०७:३८ मा प्रकाशित

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभए पनि आज साँझबाट नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने सम्भावना देखिएको जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज केही ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ । तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ ।