६ चैत्र २०८२, शुक्रबार
गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ शमसेर राणालाई निलम्बन गरेको छ ।
संघीय प्रहरी इकाइ धरानमा कार्यरत् राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो ।


राणा बिहीबारदेखि निलम्बनमा परेको गृह उच्च स्रोतले जनाइएको छ । साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ ।
धरानकी एक महिलाले राणाले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् ।