ललितपुरको एक कवाडी गोदाममा आगलागी, एक घाइते

होमल्याण्ड खबर

२०७६ माघ १९ गते, आईतवार १२:०३ मा प्रकाशित

ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडी गोदाममा भीषण आगलागी भएको छ । आगलागीमा परी एक जना घाइते भएका छन् ।

आगलागीमा घाइते भएका एक जनाको उद्दार गरिएको छ ।

कवाडी गोदाममा लागेको आगो निभाउन काठमाडौं र ललितपुरको दमकलले प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

थप विवरण आउँन बाँकी छ ।