६ चैत्र २०८२, शुक्रबार
छोराको हत्यारालाई कारवाहीको माग गर्दै निरन्तर अनशनरत गोर्खाकी गंगामाया अधिकारी नेपालस्थित संयुक्त राष्ट्रको कार्यालय पुगेकी छिन् ।
अधिकारीले मंगलबार नेपालस्थित संयुक्त राष्ट्रसंघका आवसीय प्रतिनिधि जुलियाड भ्यालरीलाई भेटेर राज्यले आफ्नो परिवारलाई न्याय दिन नसकेको भन्दै आफूले भोगेको अन्यायलाई अन्तर्राष्ट्रिकरण गर्न सहयोग गरिदिन अपील गरिन् ।


आवासीय प्रतिनिधि भ्यालरीले गंगामायाले लामो समयदेखि न्याय पाउन नसकेको भन्दै गंगामाया अधिकारीको मागलाई गम्भिरतापूर्वक लिन नेपाल सरकारको ध्यानाकर्षण गरिन् ।
उनले मानवअधिकारको गम्भीर उन्लंघन गर्नेलाई कुनै हालतमा पनि छुट दिन नहुने बताए । गंगामाया अधिकारीले छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाही गर्न माग गर्दै आएकी छन् ।
गंगामायाका श्रीमानको पनि छोराका हत्यारालाई कारवाहीको माग गर्दा गर्दै मृत्यु भएको थियो । उनको शव अहिलेसम्म टिचिङ अस्पतालमै थन्किएर बसेको छ ।