६ चैत्र २०८२, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै नै एउटा मिर्गौला फेर्ने तयारी गरेका छन् । दुईवटै मिर्गौलाको समस्यामा रहेका प्रधानमन्त्री ओलीले आगामी तीन बर्षसम्म सरकारलाई गति दिनका लागि आफू स्वस्थ्य हुन लागेको बताएका छन् ।
मंगलबार बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको जानकारी आफैंले गराएका हुन् ।


‘एउटा किड्नी फेरेर सक्रियताका साथ काम गर्छु । तीन बर्षसम्म सरकारले गति लिन्छ । चुनाव गराउनुछ’, ओलीले भने,‘अहिले भन्दा सजिलोसँग काम गर्नका लागि फेर्ने भएको हुँ ।’
अहिलेको जमानामा मिर्गौला फेर्नु कुनै नयाँ कुरा नभएको बताएका प्रधानमन्त्री ओलीमा काम गर्ने आत्मबल बलियो देखिएको थियो ।