९ मंसिर २०८१, आईतवार
रिचार्ज गर्दा बोनस पाइने योजना माघ २२ देखि माघ २४ सम्म मात्र चल्ने छ । भने अन्य अफरहरु आगामी चैत ३० गते सम्म चल्नेछन् । १६औं वार्षिकोत्सवको अवसरमा टेलिकमले नयाँ सुविधाका रुपमा विग डाटा प्याक र रीचार्जमा बोनस ल्याएको छ भने चलिरहेका प्याकहरुमा थप सुविधा दिएको हो । जसमा टेलिकमले १६ सय रुपियाँमा ९० दिनको लागि मान्य हुने ३० जीबी डेटा र तीनहजार रुपियाँमा १ सय ८० दिनको लागि मान्य हुने ६० जीबी डेटा उपलब्ध गराउने छ । त्यसैगरी ‘पोष्टपेड’ प्रयोगकर्ताले तीनसय रुपियाँमा ३० दिनको लागि मान्य हुने ६ सय २० मिनेट भ्वाइस वा तीनहजार एमबी डेटा पाउने टेलिकमले बताएको छ । त्यस्तै टेलिकमले रिचार्जमा पनि बोनसको सुविधा ल्याएको छ । जसमा दुईसय वा दुईसय भन्दा माथिको रिचार्जमा दुईसय एमबी डेटा निशुल्क प्राप्त गर्न सकिनेछ । त्यसैगरी ४९९ भन्दा माथिको रिचार्जमा पाँचसय एमबी डेटा र ९९९ भन्दा माथिको रिचार्जमा एकहजार एमबी डेटा निःशूल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।
टेलिकमले डे डाटा प्याक अन्तर्गत बिहान ६ देखि बेलुका ६ बजेसम्म रु १० मा ८० एमबी र रु १५ मा २०० एमबी डाटा दिएको छ । यस्तै डे भ्वाइस प्याक अन्तर्गत बिहान ५ देखि बेलुका ५ सम्म रु १५ मा अनलिमिटेड प्याक दिने भएको छ । यस्तै रु १० मा १०० मिनेट भ्वाइस प्याक ल्याएको छ । रिचार्ज कार्ड र एमपीओएस प्रविधिबाट रिचार्ज गर्दा मात्र रिचार्जमा बोनस प्राप्त गर्न सकिने छ । रिचार्ज गर्दा बोनस पाइने योजना माघ २२ देखि माघ २४ सम्म मात्र चल्ने छ । भने अन्य अफरहरु आगामी चैत ३० गते सम्म चल्नेछन् ।