६ चैत्र २०८२, शुक्रबार
आईजीपी सर्वेन्द्र खनालले माघ २८ गते ३० वर्षे सेवा अवधीका कारण नियमित अवकाश पाउने भएका छन् । आईजीपी खनालसँगै ३ एआईजी र १८ जना डीआईजीले पनि एकैपटक अवकाश पाउँने भएका हुन् ।
खनालसँगै एआईजी पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राई अवकाशमा जाँदैछन् ।यस्तै अवकाश पाउने डीआईहरुजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेन्द्र पोखरेल, नारायणसिंह खड्का, सुरेशबिक्रम शाह, महेश बिक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिनेश अमात्य, कमल जिटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे, दानसिंह बोहोरा रहेका छन् ।


चार दिनपछि अवकाशमा जान लागेका आईजीपी खनाल विदा बसेका छैनन् । सामान्यतया सुरक्षा फौजको प्रमुख अवकाश हुनुभन्दा एक महिनाअघि बिदा बसेर भावी नेतृत्वकर्तालाई कायममुकायम दिने प्रचलन हुन्छ । तर, सरकारले नेपाल प्रहरीमा नयाँ आईजीपीको नाम तय नगर्दा खनाल बिदा नबसेका हुन् ।
खनालको अवकाशसँगै २७ औं प्रहरी प्रमुखका लागि पहिलाको जस्तो दौडधुप नरहेको प्रहरी हेडक्वार्टर स्रोतको भनाइ छ । कसले गर्लान् त झण्डै ८० हजार प्रहरीको नेतृत्व खनालकै वैकल्पिक टोलीका रुपमा भर्ना भएका ठाकुर ज्ञवाली भावी प्रहरी प्रमुखको प्रवल दाबेदार मानिएका छन् ।