१० मंसिर २०८१, सोमबार
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानसँगको दोस्रो खेलमा नेपालले सुरुवातमा ब्याटिङ गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गरेको हो ।
९ ओभरको खेल सकिँदा नेपालले विना विकेटको क्षतिमा २२ रन बनाएको छ । सुवास खकुरेल १२ र कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा खेलिरहेका छन्
ओमानसँगको खेलबाट नेपालका कमल सिंह ऐरीले राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका छन् । अविनास बोहराको स्थानमा कमलले टिममा मौका पाएका हुन् ।
पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल हारको बदला लिने दाउँमा रहँदा ओमान भने अपराजित यात्रा कायमै राख्ने लक्ष्मा हुने छ ।