१२ जेष्ठ २०८३, मंगलवार
चीनमा रहेका नेपालीको उद्वारका लागि नेपालबाट नेपाल एयरलायन्सको जहाज चीन जाने भएको छ ।
झन्डै १ सय ८० को हाराहारीमा रहेका नेपाली लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज जाने तयारी भएको बुझिएको छ ।


फागुन ३ गते चीनको वुहान जहाज पठाउने गरी तयारी भएको विमानस्थल स्रोतले जनाएको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि अहिले सबै देशले आफ्नो नागरिक फिर्ता लगिरहेका छन् ।
नेपाल सरकारले पनि नेपालीको उद्वार गर्ने तयारी भइरहेको बताए पनि अहिलेसम्म उद्वार नगर्दा सरकारको विरोधसमेत सुरु भएको छ ।