मन्त्रिपरिषद बैठकले नयाँ महानिरीक्षकको टुंगो लगाउन सकेन

होमल्याण्ड खबर

२०७६ माघ २७ गते, सोमबार १६:११ मा प्रकाशित

नयाँ प्रहरी महानिरीक्षकी टुंगो लगाउन सोमबार बसेको मन्त्रिपरिषदको बैठकले महानिरीक्षकको टुंगो लगाउन सकेन । मंगलबार बिहान १० बजे मन्त्रिपरिषद बैठक फरि बस्ने बताइएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि माघ २८ गते सकिँदैछ। नयाँ आइजिपीका लागि डिआइजीहरू ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्य उपाध्याय प्रमुख दाबेदार रहेका छन् ।

महानिरीक्षक सर्वेन्द्रनाथ खनालले म‌ंगलबार अनिवार्य अवकाश पाएसँगै नेपाल प्रहरीको नयाँ नेतृत्व को होला भन्ने चासोको विषय बनेको छ ।