चिनबाट ल्याइएका व्यक्तिहरुलाई भक्तपुर नराख्न बिरोध

होमल्याण्ड खबर

२०७६ माघ २८ गते, मंगलवार १५:१० मा प्रकाशित

सरकारले चीनमा फसेका नागरिकलाई फिर्ता नल्याएको भन्दै सर्बत्र आलोचना भइरहेका बेला चिनबाट ल्याइएका व्यक्तिहरुलाई भक्तपुर खरिपाटीमा नराख्न सदन देखि सडक सम्म्म बिरोध भएको छ ।

सरकारले भक्तपुरको खरिपाटीमा चीनबाट उद्धार गरेर ल्याइएका व्यक्तिलाई आइसोलेसनमा राख्ने तयारी गरे पनि उक्त ठाँउमा नराख्न त्यसै क्षेत्रका सांसद प्रेम सुवालले संसदमा विरोध जनाएका छन् । संसदमा उनले भने, ‘घना बस्तीको बिचमा कोरोना प्रभावितलाई राख्ने प्रयास हुँदैछ । त्यसमा स्थानीय जनताको विरोध छ । अन्यत्र ठाउँमा नै सार्न माग गर्दछु ।’

यस्तै चाँगुनारायण नगरपालिकाले खरिपाटी तालिम केन्द्रमा चीनबाट उद्धार गरेर ल्याइएका नेपालीहरुलाई राख्ने निर्णय फिर्ता लिन दबाब दिइरहेको छ ।

शुक्रबार बसेको पालिकाको छैठौँ नगरसभाले पनि ४ बुँदे सुझाव सहित क्वारेन्टाइन केन्द्र भक्तपुरमा बनाउने निर्णय फिर्ता लिन अनुरोध गरेको छ । यसका बिच नगरपालिकाका स्थानीयहरुचीनबाट ल्याइएकाहरुलाई खरिपाटीमा नराख्न भन्दै सडको नारा बाजि गर्दै बिरोधमा उत्रिएका छन् ।

उक्त ठाँउमा चिनबाट फिर्ता ल्याइएका व्यक्तिलाई राख्ने निर्णय भएसँगै मंगलबार बिहान प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयका अधिकारीले निरीक्षण गरेका थिए ।