आईजीपी ज्ञवालीले लगाए फुली

होमल्याण्ड खबर

२०७६ माघ २९ गते, बुधबार ११:१४ मा प्रकाशित

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले दर्जयानी चिह्न ग्रहण गरेका छन् । गृह मन्त्रालयमा बुधबार बिहान आयोजित औपचारिक समारोहका बीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्जयानी चिह्न प्रदान गरेका हुन् ।

सर्वेन्द्र खनाल नेपाल प्रहरीको सेवाबाट अवकाश भएपछि मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले डीआईजी ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेका थियो । ज्ञवालीले आजै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । आईजीपी सर्वेन्द्र खनालको  अवकास प्राप्त भएसँगै ज्ञवाली २७ औं नयाँ आईजीपी बन्नु भएको हो ।

नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्जयानी चिह्न प्रदान गर्ने परम्परा रहेको छ ।