६ चैत्र २०८२, शुक्रबार
वामगती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन् । तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेपछि यो मन्त्रालय मन्त्री बिहिन रहेको थियो ।
मन्त्री बिहिन मन्त्रालय मुख्यमन्त्रीले नै हेर्नुभएको थियो । प्रधानमन्त्री केपी ओलीसँग केही दिन अघि भेटेर मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका मुख्यमन्त्री पौडेलले बुधबार नया मन्त्री नियुक्त गरेका हुन् । काठमाडौंको क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका फुयाँल नेकपा केन्द्रीय सदस्य तथा हाल प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुन् ।


नवनियुक्त फुयाँलको आजै अपराह्न ४ बजे सपथ ग्रहण कार्यक्रम तय भएको वागमती प्रदेश मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
फुयाँल २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा पनि विजयी भएका थिए ।