धादिङमा बसको ठक्करबाट स्कुटरमा सवार नायिका महिमा र उनकी दिदीको मृत्यु (अपडेट)

होमल्याण्ड खबर

२०७६ फाल्गुन १ गते, बिहीबार १०:४१ मा प्रकाशित

गजुरी गाउँपालिका–२ चाम्बासमा बुधबार साँझ बस र स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवनको भरतपुर–१३ गीतानगरकी २० वर्षीया नायिका महिमा सिलवाल र उनकी दिदी २२ वर्षीया शर्मिला रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयका प्रबक्ता/सुचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे ठोक्किएका थिए ।

बस चालक पाल्पाको रामदी पिपलडाँडा गाउँपालिका–६ बस्ने अन्दाजी ४४ वर्षीय रणविर गौतमलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।