राष्ट्रियसभा सा‌ंसद उपाध्यायको निधन

होमल्याण्ड खबर

२०७६ फाल्गुन २ गते, शुक्रबार १२:२४ मा प्रकाशित

राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । सांसद उपाध्यायको क्यान्सर रोगका कारण आज बिहान निधन भएको हो ।

रुपन्देही घर भएका सांसद उपाध्याय २०७४ मा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।

उपाध्यायका एक श्रीमती, तीन छोरा र दुई छोरी छन् । उपाध्यायको लुम्बिनीमै अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।