ललितपुरका पूर्व मेयर शाक्यको निधन

होमल्याण्ड खबर

२०७६ फाल्गुन ४ गते, आईतवार १२:४५ मा प्रकाशित

नेपाली कांग्रेसका पुराना नेता तथा तत्कालीन ललितपुर उपमहानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका शाक्यको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

शाक्य नेपाली कांग्रेसका तर्फबाट २०४९ सालमा तत्कालीन ललितपुर उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

शाक्यका दुई छोरी एक छोरा र श्रीमती छन् ।