९ मंसिर २०८१, आईतवार
नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि भन्दै विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा आफूहरुले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका कम्पनीको दावी रहेको छ । सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भए पछि सेवाग्राहीहरु समेत निकै नै लाभान्वित भएको कम्पनीको भनाई छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक रहेका छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार आफूलाई उपयुक्त प्याक खरिद गर्न सक्ने टेलिकमले जनाएको छ । एक घण्टा अनलिमिटेड प्याक यो प्याक २० रुपियाँमा लिन सकिन्छ । प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमितरुपमा प्रयोग गर्न सकिन्छ । एक घण्टासम्म जति पनि भ्वाइस कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने भएकोले यो प्याक निकै नै रुचाइएको कम्पनीको भनाई छ ।
डे टाइम भ्वाइस प्याक डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपियाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिने छ । सो प्याक खरिद गरेको २४ घण्टाभित्र उपयोग गर्न सकिने छ । उदाहरणका लागि विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजे सम्म र भोलि विहान फेरि १० बजे सम्म प्रयोग गर्न सकिन्छ । आफ्नो आवश्यकता अनुसार आफन्त वा प्रियजनसँग कुराकानी गर्नका लागि यो प्याक निकै नै उपयोगी बनेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपियाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ ।
रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो निकै नै उपयोगी बनेको छ । अनलिमिटेड नाइट डाटा प्याक अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि १८ रुपियाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिने प्याक पनि उपलब्ध छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यवसायीहरुका लागि समेत यो प्याक निकै नै उपयोगी बनेको छ । प्याक खरिद गर्ने तरिका विभिन्न प्रकारका प्याक प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१८ ह्यासमा डायल गरेर आवश्यकता अनुसारको प्याक खरिद गर्न सकिन्छ । विभिन्न नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक खरिद गर्न सकिन्छ ।
एक घण्टा अनलिमिटेड प्याक खरिद गर्नका लागि सिधै स्टार१४१८स्टार८ह्यास डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्छ । त्यसैगरी सिधै एफडीपीएसीके टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । त्यसैगरी डे टाइम भ्वाइस प्याक खरिद गर्नका लागि सिधै स्टार१४१५स्टार९स्टार२ह्यास डायल गर्न सकिन्छ । सिधै डीभीयूएनएलटाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकका लागि सिधै स्टार१४१५स्टार१स्टार५स्टार४ह्यास डायल गर्न सकिन्छ । सिधै एनभीयूएनएल टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट डाटा प्याकका लागि सिधै स्टार१४१५स्टार३ह्यास डायल गरेर १ दिनका लागि प्याक लिने भए १ र ७ दिनका लागि प्याक लिने भए २ अंक डायल गर्नु पर्छ । त्यसैगरी एक दिनको प्याकका लागि एनयूएनएल र ७ दिनका लागि भए यूएनएल७ टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ । यी वाहेक कम्पनीको एप ‘नेपाल टेलिकम’ र कम्पनीको वेबसाइटबाट पनि अनलिमिटेड डाटा वा भ्वाइस प्याक सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । बाँकी प्याक थाहा पाउने तरिका मोबाइलमा लिएको भ्वाइस प्याक वा अन्य कुनै पनि प्याक कति बाँकी छ भनी थाहा पाउनका लागि स्टार१४१५स्टार५५ह्यासडायल गर्न सकिन्छ ।