६ चैत्र २०८२, शुक्रबार
ब्यास नगरपालिका–१२ कमरबारीमा आज बिहान दुई ओटा बस एक आपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नम्बरको बस एक आपसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् ।


उनीहरु उपचारको लागि दमौली स्थित रत्नहरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइ रहेको छ ।