मेगा बैंकको कास्की र पर्वतमा शाखा विस्तार

होमल्याण्ड खबर

२०७५ बैशाख १७ गते, सोमबार ०८:३० मा प्रकाशित

मेगा बैंक नेपाल लिमिटेडले कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुष्मामा नयाँ शाखा विस्तारमा ल्याएको छ ।
लेखनाथ शाखाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र मेगा बैंक संचालक समितिका सदस्य मदन आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
मेगा बैंकका कम्पनी सचिव तुलसीराम पोखरेलका अनुसार, शाखा विस्तारपछि साबिकको लेखनाथ क्षेत्रका बासिन्दाहरु उत्साहित देखिएका छन् । यसैगरी, कुष्मा शाखाको मेगा बैंक संचालक समितिका सदस्य इन्द्रबहादुर मल्ल ठकुरी र कुष्मा उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गरे । लेखनाथ र कुष्मामा शाखा विस्तार भएसँगै मेगा बैंकका ३ वटा एक्टेन्शन काउन्टरसहित ४७ वटा शाखा पुगेको छ । अब ६ वटा शाखाको औपचारिक उद्घाटन हुन बाँकी रहेको बैंकले जनाएको छ ।