१० मंसिर २०८१, सोमबार
भारतकाे राजधानी नयाँ दिल्लीमा केहि दिनदेखि लगातार हिंसा फैलिएकाे छ । भारतीय प्रहरीले आइतबार पनि दुई नहरबाट चारवटा शव बरामद गरेको छ ।
मृतकको पहिचान हुन सकेको छैन । यससँगै हिंसामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । यससँगै २ सय बढी घाइते भएका छन् । पुलिसले आइतबार कुनै पनि हिंस्रक घटना सार्वजनिक नभएको बताएको छ ।
यद्यपि, दिल्लीका थुप्रै इलाकामा आइतबार बेलुकी स्थिती तनावग्रस्त भएको अपुष्ट खबर सोसल मिडियामा सार्वजनिक भएपछि मानिसहरुबीच भागदौड मच्चिएको छ ।
यतिबेला बटाला हाउस इलाकामा शाह मस्जिद नजिकै भएको भागदौडमा २८ वर्षका एक व्यक्तिको मृत्यु भएको बीबीसी हिन्दीले बताएको छ । यद्यपि, एएसआई अशोक कुमारले भागदौडका कारण ती युवकको मृत्यु नभएको बताएका छन् ।
उनले भने, ‘ती व्यक्तिले सडकमा अपरिचित व्यक्तिलाई भेटेकाम थिए । मानिसहरुले उनलाई अस्पताल पुर्याए । भागदौडका कारण मृत्यु भएको भन्दै हाम्रोमा केही जानकारी नै आएको छैन । अनुसन्धान भइरहेको छ ।’