९ मंसिर २०८१, आईतवार
सेवाग्राहीले पनि आफ्नो इन्टरनेटको मापन मोबाइल एपबाटै गर्न सक्ने भएका छन् । मंगलबार दूर सञ्चार प्राधिकरणले आफ्नो २२औं वार्षिकोत्सव कार्यक्रममा दुई एपको सफ्ट लन्च गर्दै सेवाग्राहीले आफ्नो इन्टरनेट र भ्वाइसकलको गुणस्तर मापन मोबाइल एपबाटै मापन गर्न सक्ने बताएको हो ।
प्राधिकरणले वार्षिकोत्सव कार्यक्रममा ‘एनटीए कल टेस्ट’ र ‘एनटीए स्पिड टेस्ट’ नामक एप लन्च गरेको हो । र्काक्रमका प्रमुख अतिथि रहेका सुचना र अर्थमन्त्री डा.युवराज खतिवडाले प्रविधिलाई आधार बनाएर मात्रै डिजिटल नेपाल निर्माण सम्भव हुने बताए ।
प्रविधिकै माध्यमबाट शिक्षा, स्वाथ्य, कृषि तथा स्मार्ट सिटीको गुणस्तरमा सघाउ पुग्ने डा. खतिवडाको भनाइ छ । ‘हामी डिजीटल नेपालको फ्रेम वर्क बनाएर काम गरि रहेका छौँ, प्रविधिले शिक्षा, कृषि, स्वास्थ्य तथा स्मार्ट सिटीको गुणस्तरमा सघाउ पुर्याउछ’, मन्त्री खतिवडाले भने ।
प्राधिकरणले आफ्नो २२औं वार्षिकोत्सव कार्यक्रममा २० वर्ष काम गर्ने कर्मचारीलाई समेत सम्मान गरेको छ । एनटीएले स्थायी रुपमा २० वर्ष कार्यरत आफ्ना कार्मचारीहरुलाई दिर्घ सेवा पदक प्रदान गरेको हो ।
उक्त पदक पाउँनेमा कार्यालय सहयोगी नवराज पूरी, राधेश्याम मल्ल, चालक एकराज तिवारी, उप निर्देशक प्रतिमा घिमिरे, सन्दिप अधिकारी, सुरेश बस्नेत, सुन्दर प्याकुरेल, रेवतिराम पन्त, निर्देशक अम्मर स्थापित र दिपेश आचार्य रहेका छन् । यस्तै, प्राधिकरणले निर्देशक अम्मर स्थापितलाई उत्कृष्ट कर्मचारी अवार्ड प्रदान गरेको छ ।