वरिष्ठ नेता नेपाल र भारतीय राजदुत क्वात्राबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७६ फाल्गुन २३ गते, शुक्रबार १२:१९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

नेता नेपाललाई भेट्न बिहान राजदूत क्वात्रा नेपाल निवास पुगेका थिए । भेटवार्तामा समसामायिक विषयमा छलफल भएको बताइएको छ ।

वरिष्ठ नेता नेपालको आज जन्मदिन पनि रहेकोले राजदूत क्वात्राले नेता नेपाललाई जन्मदिनको शुभकामना समेत दिएका छन् ।