सुनचाँदीको मूल्य घट्ने क्रम जारी

होमल्याण्ड खबर

२०७६ चैत्र २ गते, आईतवार ११:५६ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ । आज सुन १ हजार ५ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।

शुक्रबार ७८ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आइतबार १ हजार ५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।