११ जेष्ठ २०८३, सोमबार
गोरखाको मनकामना मन्दिर दर्शन गर्न जाने सजिलो माध्यम मनकामना केबलकार पर्सी शनिबारदेखि चैत मसान्तसम्म बन्द भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको भाइरसलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । सरकारले २५ जना भन्दा बढीको जमघट बन्द गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले केबलकार पनि बन्द गर्न निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा केबलकार बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
गोरखाको मनकामना मन्दिर दर्शनका लागि दैनिक सयौं जनाले यो केबलकारको प्रयोग गर्ने गर्छन् भने मन्दिरमा पनि भिड लाग्ने गर्छ ।

