काेराेनाका कारण प्रेस युनियनकाे महाधिवेशन स्थगित

होमल्याण्ड खबर

२०७६ चैत्र ७ गते, शुक्रबार ११:०९ मा प्रकाशित

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन स्थगित भएको छ ।

नेपाल प्रेस युनियनको बिहीबार बसेको सचिवालय बैठकले यही चैत २१ र २२ गते हुने भनेको नवौं महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसले विश्वमै माहामारीको रुप लिइरहेको बेला नेपाल सरकारले गरेको निर्णयलाइ मध्यनजर गर्दै महाधिवेशन स्थगित गर्ने निर्णय गरेको प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

अर्को मिति तय नभए सम्मका लागि महाधिवेशन स्थगित निर्णय गरिएको अध्यक्ष सिग्देलले बताए ।