कोरोना प्रभाव : देशभरका अदालत दुई साता बन्द

होमल्याण्ड खबर

२०७६ चैत्र ७ गते, शुक्रबार १४:०१ मा प्रकाशित

बन्दी प्रत्यक्षीकरणको रिटबाहेक नहेर्नेगरी देशभरका अदालत दुई सातासम्म बन्द हुने भएको छ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको पूर्ण इजलासले आगामी २२ चैतसम्म अदालतका नियमित मुद्दा नहेर्ने गरी बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना प्रभावबाट जोगिनका लागि संसदका बैठक स्थगित छन् ।