लुक्लाको लागि उडेको विमान रामेछाप विमानस्थलमा आकस्मिक अवतरण

होमल्याण्ड खबर

२०७६ चैत्र ९ गते, आईतवार १४:४४ मा प्रकाशित

काठमाडौंबाट लुक्लाको लागि उडेको समिट एयरको जहाज रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

नाइन एन एएमजी कल साइनको विमानको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।

आइतबार बिहान ९ बजेतिर जहाजका दुवै इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको हो । विमानमा रहेका १८ यात्रु र चालक दलका ३ सदस्य सबै सकुशल रहेका छन।

विमानका क्याप्टेन तेन्जिङ लामा र सह क्याप्टेनमा पिडि शेर्पा थिए ।