नेकपा र काँग्रेसका संघीय सांसदले १५ दिनको तलव कोरोना भाइरस उपचार कोषमा जम्मा गर्ने

होमल्याण्ड खबर

२०७६ चैत्र ११ गते, मंगलवार १२:४५ मा प्रकाशित

नेपाल सरकारले स्थापना गरेका कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल काँग्रेसका संघीय सांसदहरुले १५ दिन बराबरको तलव रकम जम्मा गर्ने भएका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीका तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले १५ दिन बराबरको तलव कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले पनि काँग्रेसका सांदहरुले १५ दिन बारबारको तलव कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले
एक हप्ताको लागि देशभर लक डाउन गर्ने निर्णयलाई  सकारात्मक रुपमा लिएको जनाएका छन् । त्यस्तै काँग्रेसले सरकारको यो निर्णयलाई पूर्ण रुपले पालन गर्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई अनुरोध गरेको छ
काँग्रेस संसदीय दलले लक डाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा श्रमिकहरुलाई सहजरुप खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि नेपाल सकारसँग आग्रह गरेको छ ।
उसले यस विषम परिस्थितिमा सम्पूर्ण नेपालीहरु एक जुट भई धैर्यताका साथ चुनौतीको सामना गर्न हार्दिक अपिल समेत गरेको छ ।