कोरोना भाइरस : विश्वभरको नयाँ अपडेट यस्तो छ

होमल्याण्ड खबर

२०७६ चैत्र १२ गते, बुधबार १५:३२ मा प्रकाशित

विश्वभरी कोरोना भाइरस (कोभिड-१९) बाट संसारभर ४ लाख २५ हजार ३ सय २३ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म यसका कारण १८ हजार ९ सय ४४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख ९ सय २५ जना पूर्णरुपमा निको भइसकेका छन् भने बाँकी उपचारमै छन् ।

यसरी हेर्दा यसबाट हुने मृत्युदर भने प्रति १ मिलियन जनसंख्यामा २.४ प्रतिशत रहेको छ । वर्ल्ड ओ मिटर्सका अनुसार कोरोना भाइरस विश्वभरी १९४ वटा देशहरुमा फैलिइसकेको जनाएको छ ।

गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै चीनमा ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ भने स्पेनमा २ हजार ९ सय ९१ जनाको मृत्यु भइसकेको छ । विश्वभरी नै तीव्र गतिमा फैलिएको कोरोना भाइरसका कारण संसारभरका देशहरुले लकडाउन गरेका छन् ।

यसका कारण इरानलगायत देशहरुमा पनि धेरै मानिसहरुको मृत्यु भइसकेको छ भने अमेरिकामा ७ सय ८४ जनाको मृत्यु भएको छ भने करिब ५५ हजारमा संक्रमण देखिएको छ ।