११ जेष्ठ २०८३, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।
बिहीबार मध्यरातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सफ्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।


प्रधानमन्त्रीको मुटुमा समस्या आएको थियो । अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ ।
फागुन २१ गते उनको दोश्रो पटक मिगौला प्रत्यारोपण गरिएको थियो ।