दशजगामा अलपत्र नेपालीलाई प्रवेश दिइने उच्चस्तरीय समितिकाे निर्णय

होमल्याण्ड खबर

२०७६ चैत्र १६ गते, आईतवार १७:१९ मा प्रकाशित

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेकाे छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो ।

नेपाली नागरिक भएको प्रमाणित भएपछि नेपाल प्रवेश दिइने प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।

साथै उनीहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाइनेछ ।