पाटन अस्पतालमा मृत्यु भएका बिरामी मुटु रोगी, अस्पतालले भन्यो– ‘मृगौला दुबै ड्यामेज भएको थियो’

होमल्याण्ड खबर

२०७६ चैत्र १७ गते, सोमबार १४:१७ मा प्रकाशित

पाटन अस्पताल मृत्यु भएका बिरामी मुटु रोगी भएको खुलेको छ । अस्पतालले दिएको जानकारी अनुसार उनको दुबै मृगौला ड्यामेज भएको थियो ।  भारतबाट फागुन १४ गते आएका ३६ वर्षका ३६ बर्षिय बम बहादुर तामाङ्गको आज आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

अस्पतालका अनुसार ज्वरो पनि आएको र सबैतिर कोरोनाको त्रास भएकाले ढुक्क हुन पनि परीक्षण आवश्यक भएकाले स्वावको नमूना पठाइएको छ ।          अस्पतालका अनुसार ‘मृगौला दुबै ड्यामेज भएको बिरामी हुन्, उनको कोरोना भाइरसको कारण भन्दा अरू कारणले मृत्यु भएको हो ।’ धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका तामाङ्गलाई आइतबार ४ बजे अस्पताल ल्याएर आईसीयूमा भर्ना गरी उपचार गरिएको थियो । १६ वर्षमै भारतीय सेनामा भर्ती भई १८ वर्षदेखि कार्यरत

तामाङ्गलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौँ ल्याइएको थियो। उनको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।